विचार-विविध

इतिहासलाई कुल्चिएर आफूले गरेको कामलाई 'इतिहासमै पहिलो/ठूलो' भन्ने प्रवृत्तिबाट हामी कहिले मुक्त हौंला ? केही समाचार र सामाजिक सञ्जालमा आइरहेका छन्– 'कैफियत' संयुक्त गजलसंग्रह नेपाली साहित्यकै इतिहासमा सबभन्दा ठूलो गजल कृति' रे !
जबकि २०६२ सालमा रमेश शुभेच्छुको सम्पादनमा 'नेपाली गजलमा नारी हस्ताक्षर' नामक संयुक्त गजल–कृति प्रकाशन भइसकेको छ । ६६२ पृष्ठको कृतिमा १०१ गजलकारका गजल समावेश छन् । 'कैफियत'को पृष्ठ भने ४४८ मात्र छ । 


यो लिंकमा (लिंक अहिले उपलब्ध छैन) ४४८ पृष्ठको पुस्तकलाई 'नेपाली साहित्यकै इतिहासमा आजसम्मको सबै भन्दा ठूलो गजल संग्रह' भनेर दाबी गरिएको छ। 

No comments:

Post a Comment