फणीन्द्र संगम---
‘विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिता’ नारा लिएर विश्व भ्रमणमा निस्किएका दुई युवा पत्रकार धनुषा पुगेको पाँच दिनपछि पत्रकार उमा सिंहको हत्याको खबर सुन्नुप¥यो । २०६५ पुस २७ गते भएको सिंहको हत्यापछि जनकपुर शोकमा डुब्यो । प्रेस स्वतन्त्रताको अभियानमा लागेका उनीहरूले पनि त्यहाँ पीडा र आँसु साटे । घटनाले दुःखी त बनायो नै, तर पत्रकारहरूको अवस्थाबारे थप बुझ्नुपर्छ भन्ने उनीहरूमा साहस जुट्यो ।
भोजपुर स्थायी घर भएका नारायणप्रसाद भट्टराई र नवराज भट्टराई काठमाडौं आएसँगै पत्रकारितामा होमिए । आवाजविहीनका लागि बुलन्द आवाज नै पत्रकारिता हो भन्ने लागेको थियो त्यसबेला उनीहरूलाई । २०६२ देखि मनोक्रान्ति साप्ताहिकमार्फत पत्रकारिता थालेका भट्टराईद्वयमा पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको देखेपछि नयाँ सोच पलायो । नेपाल पत्रकार महासंघ ललितपुरको सदस्य रहेका उनीहरूले २०६५ असार २ गते भोजपुरबाट विश्व भ्रमणको घोषणा गरे । ‘स्वतन्त्र पत्रकारिताको नारा लिएर विश्व भ्रमण गर्ने सोच बन्यो,’ नारायणले भने, ‘हरेक जिल्लामा गएर पत्रकार महासंघका पदाधिकारीसँग पत्रकारिताको अवस्थाबारे बुझ्यौं ।’
यात्रा सुरु गर्दा संचार गृह र संचारकर्मीमाथि शृंखलाबद्ध आक्रमण भइरहेका थिए । २०६५ असार २ गते विश्व भ्रमणको घोषणा गरे पनि कात्तिक २ गते यात्रा आरम्भ गरे, आफ्नै जन्मस्थल भोजपुरबाट । ०६७ कात्तिक १ गते उनीहरूको नेपाल भ्रमण काठमाडौंमा आएर पूरा भयो । अहिले भने उनीहरू अबको यात्राको प्रक्रिया मिलाउन दिनरात नभनी जुटिरहेका छन् । केही समयअघि गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेलाई भेटेर आवश्यक प्रक्रियाबारे जानकारी लिए । नवराजले सुनाए, ‘सार्क मुलुकबाहेक ६४ राष्ट्रमा एनआरएनको सञ्जाल रहेछ, उहाँहरूले आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।’
अबको यात्रा भारत हुँदै सार्क मुलुकतर्फ केन्द्रित हुने नारायणले बताए । समस्याका बाबजुत नेपाल भ्रमण सकेका उनीहरूले गएको पुस २९ गते ललितपुर प्रशासनमा ‘विश्व दर्शन अभियान नेपाल’ संस्था दर्ता गरेका छन् । संस्थाका अध्यक्ष नवराजले भने, ‘नेपाल दर्शन नामक डकुमेन्ट्री संस्थाका साथीहरूले प्रदर्शन गर्दै हुनुहुन्छ ।’ यात्राले नेपाली संस्कृति, पर्यटनलाई विश्वसामु चिनाउने र प्रेस स्वतन्त्रतालाई जोड दिने लक्ष्य राखेको उनले बताए ।
‘विश्व भ्रमणको उद्देश्य नै विश्वमा पत्रकारिताको अवस्था बुझ्दै सकारात्मक पत्रकारितामा जोड दिनु हो ।’ नवराज भन्छन् । दुई वर्षे नेपाल भ्रमणलाई समेटेर उनीहरूले ‘नेपाल भ्रमणका ७३० दिन’ पुस्तक र ‘नेपाल दर्शन’ वृत्तचित्र निकालिसकेका छन् । तिनमा नेपालको सामाजिक, सांस्कृतिक परिवेश, रहनसहन, स्थानीय र पत्रकारहरूको अवस्थाबारे समेटिएको छ । ‘हामीले आफ्नो लागि मात्र भ्रमण गरेनौं,’ अभियानका महासचिव नारायणले भने, ‘पुस्तक र वृत्तचित्रमार्फत् सबैलाई नेपाल चिनाउने कोसिस गरेका छौं ।’
भ्रमणको सुरुवातमा राष्ट्रपतिलाई भेटे पनि पुस्तक र वृत्तचित्र लगेर देखाउने उनीहरूको ठूलो धोको छ । नवराज भन्छन्, ‘राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई भेटेर भ्रमणबारे जानकारी गराउन पाए अझै प्रेरित हुने थियौं !’
नेपाल भ्रमणका दुःख
भोजपुरबाट यात्रा थाल्दा उनीहरूसँग तीन सय ५० रुपैयाँ मात्र थियो । ‘नोटभन्दा अठोट महŒवपूर्ण रहेछ,’ नवराजले भने, ‘पहिले समाज र राष्ट्र चिनेमात्र विश्वलाई चिन्न सकिन्छ ।’ उनीहरू जहाँ पुग्थे, त्यहाँका स्थानीयले खाने बस्ने व्यवस्था गरिदिए । ‘समस्यादेखि डराएको भए यात्रा अधुरो हुने थियो,’ नवराज भन्छन्, ‘पैसाभन्दा ठूलो त दृढ इच्छा नै रहेछ ।’
सहरी इलाका र सदरमुकाम क्षेत्रमा राम्रो सहयोग पाउन नसकेको उनीहरूले गुनासो पोखे । ‘कर्णाली अञ्चल यात्राका लागि डेढ महिना लाग्यो,’ नारायणले सुनाए, ‘हिँड्दाहिँड्दै रिंगटा लागेर ढल्न पुग्थ्यौं ।’
नेपाल भ्रमण पूरा गरेपछि उनीहरूले पुस्तक प्रकाशन गर्ने सोच त बनाए तर आर्थिक समस्याले गाँज्यो । ‘पुस्तक प्रकाशनका लागि करिब तीन लाख रूपैंया ऋण काड्नुप¥यो,’ हाल जोरपाटी बस्दै आएका उनीहरू भन्छन्, ‘कहिलेकाहीँ त सब्जी किन्ने पैसा पनि साथमा हुँदैनथ्यो ।’
पुस्तक र वृत्तचित्रका लागि झन्डै ३० लाख रूपैयाँ खर्च भएको उनीहरू सुनाउँछन् । फेसबुकमार्फत थाहा पाएका केही मनकारीले पनि सहयोग जुटाइदिए । ‘विश्व साइकल यात्री पुष्कर शाहको संघर्षले हामीलाई पनि विश्व भ्रमण गर्न प्ररित ग¥यो ।’ उनीहरू भन्छन् ।
...
प्रावि पढ्दै गर्दा उनीहरूले नेपालका ७५ जिल्लाबारे थाहा पाएछन् । मावि पुगेपछि विश्वबारे । ‘नेपाल कस्तो होला, विश्व कस्तो होला भन्ने जिज्ञासा भइरहन्थ्यो,’ नारायणलाई साथ दिँदै नवराजले भने, ‘व्यक्तिबाटै नयाँ कामको सुरुवात हुन्छ, त्यो समाज, राष्ट्र हुँदै विश्वसामु पुग्दोरहेछ ।’

नागरिक दैनिक (कोलाज) मा २०६९ फागुन ५ गते शनिबार प्रकशित