Wednesday, August 3, 2016

प्रचण्ड देशको ३९औं प्रधानमन्त्री


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशको ३९औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्।

२०७३ साउन १९ गते व्यवस्थापिका संसदमा भएको निर्वाचनमा एकमात्र उम्मेदवारका रुपमा प्रस्तुत भएका उनी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए।

पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएको २ हजार ६४८ दिनपछि उनी पुनः प्रधानमन्त्री निर्वाचित भएका हुन्। उनले २०६६ वैशाख २० गते राजीनामा दिएका थिए।

मत परिणाम अनुसार उनको पक्षमा ३६३ मत खसेको थियो भने विपक्षमा २१० सांसदले मतदान गरेका थिए। नेपाली कांग्रेससहित १५ दल र एक स्वतन्त्र सांसद प्रचण्डको पक्षमा थिए।

उनको विपक्षमा सत्ताबाट बाहिरिएको नेकपा एमाले र राप्रपा नेपालले मतदान गरेको थियो। संसदको तत्काल कायम सदस्य संख्या ५९५ रहेको छ।

प्रचण्ड नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएका छन्। प्रचण्ड नेपालको इतिहासमा दोस्रा कम्युनिस्ट प्रधानमन्त्री पनि थिए। संसदबाट चुनिएका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन्।

को हुन् त प्रचण्ड?
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिएको। भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड नाम रहेका।
बाबुको नाम : मुक्तिराम दाहाल
आमाको नाम : भवानी दाहाल
श्रीमती स् सीता दाहाल ९२०२६ मा विवाह०
जन्मस्थान : ढिकुरपोखरी गाविस वार्ड नं। २, लेवाडे, कास्की, गण्डकी अञ्चल
जन्म मिति : २०११ साल मंसिर २६ गते
६ बहिनी, २ भाइमध्ये पहिलो सन्तान
बसाइँसराइ : २०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुर, शिवनगर गाविसमा भएको
छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
छोरा : प्रकाश दाहाल
भाइ : गंगाराम दाहाल
बहिनीहरु : अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुरपोखरी
माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मावि, शिवनगर
आइएस्सी : पाटन संयुक्त क्याम्पस
बिएस्सी, एजी : रामपुर कृषि क्याम्पस
अध्यापन : नारायणी विद्या मन्दिर मावि, शिवनगर, डण्डा मावि, नवलपरासी, भीमोदय मावि, आरुघाट, गोरखा

·         २०२८ : पुष्पलाल समूहमा पार्टी सदस्यता

·         २०३४ :  चौथो महाधिवेशनमा प्रवेश

·         २०३५ : पूर्णकालीन

·         २०३६ : चितवन जिल्ला समिति सदस्य निर्वाचित

·         २०३८ : क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव

·         २०३८ देखि २०६३ :भूमिगत जीवन

·         २०४१ : नेकपा ९मशाल० को केन्द्रीय समिति सदस्यमा निर्वाचित ९पाँचौ महाधिवेशनबाट०

·         २०४२ : मशालको केन्द्रीय समिति पोलिटब्युरो सदस्य

·         २०४६ : नेकपा मशालको महामन्त्री

·         २०४८ : नेकपा (एकता केन्द्र) को महामन्त्री

·         २०५१ : नेकपा (माओवादी) को महामन्त्री

·         २०५७ : दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा ९माओवादी० को अध्यक्ष

·         २०५८ :जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर

·         २०६३ : काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक, असार २

·         २०६४ : संविधानसभा निर्वाचनामा काठमाडौं(१०, रोल्पा(२ वाट विजय, चैत्र २८

·         २०६५ :गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीमा चयन, असार ३१

·         २०६६ : प्रधानमन्त्रीबाट राजीनामा, वैशाख २०         

२०७३ : दोस्रो पटक प्रधानमन्त्री निर्वाचित, साउन १९