Saturday, July 2, 2016

साहित्यमा २०७२ : लेखक हिट, पाठक निराश


तिर्खाले व्याकुल बटुवाले पानी भेट्यो भने प्यास मेटाउन कति हतार गर्ला रु बुद्धिसागरको ‘फिरफिरे’ पाठकका लागि प्यास मेटाउने चिसो पानीजस्तै थियो। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकमा हस्ताक्षर गराउन लामबद्ध पाठकको उत्साह हेर्दा लाग्थ्यो— फिरफिरेले चमत्कार गर्नेछ। तर, हप्ता दिन नबित्दै अन्य लेखक–समीक्षकबाट निराशापूर्ण टिप्पणी आउन थालेपछि पाठकहरू सोच्न बाध्य भए।

लेखक खगेन्द्र संग्रौलाले त ट्वीट नै गरे— ‘कर्णाली ब्लुज’ कृत्रिम निष्कपट बालक, ‘फिरफिरे’ अनुहारमा रङ पोतिएको उही बालक। जब गुलाफमा रङ थोपर्न थालिन्छ, कलामा नखरा सुरु हुन्छ।

संग्रौलाले भनेझैं पात्रको अत्यधिक चित्रांकन र वर्णनमा ज्यादा शब्द खर्च गर्नु नै उनको कमजोरी ठहरियो। मसिना विषयवस्तुलाई पनि सुललित भाषामा खेलाउन माहिर बुद्धिसागरको दोस्रो उपन्यास पढ्ने पाठक यही कारण पछुताए।