![]() |
| लेखक सुशीला कार्की, उनका श्रीमान् दुर्गा सुवेदी र साथमा प्रकाशक पुस्तक पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल |
उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो। लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन्।
⏭⏮
न्याय सेवामा ३० वर्ष बिताएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ ३० वर्षअघिकै कथा हो, महिला कैदीबन्दीहरूको । उपन्यासको कथाकेन्द्र कारागार भए पनि महिलाका पारिवारिक र सामाजिक हिंसाको प्रताडनालाई खोतलिएको छ ।राजनीतिक व्यवस्था फेरियो, सामाजिक संरचना बदलियो तर ‘सुधारगृह’ भनिने जेलभित्रको जीवन फेरिएन । जेलर र नाइके/नाइकेनीको कठोर सत्ताको भुमरीमा कैदीबन्दी पिल्सिइरहेका छन् । किनकि यहाँभित्रको नेक्सस, राजनीति, भ्रष्टाचार, आरोप–प्रत्यारोप अनि गुट–उपगुटको चक्र चलिरहेकै छ ।

