Wednesday, March 9, 2016

सभापतिमा देउवा

रामचन्द्रले हारे, सीताले जितिन् 

देशकै ठूलो पार्टी नेपाली कांग्रेसको १३औं महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणका लागि निर्वाचन गरिएको थियो । दोस्रो चरणमा सभापतिका प्रतिस्पर्धी रामचन्द्र पौडेललाई ५२६ मतले हराउँदै देउवा सभापति बनेका हुन् । २४ गते राति सकिएको मतगणनाअनुसार देउबाले १८२२ र पौडेलले १२९६ मत ल्याएका थिए । प्रथम चरणको निर्वाचनमा भने कृष्णप्रसाद सिटौलासमेत तीन जना सभापतिमा भिडेका थिए ।

नागरिकमा प्रकाशित समाचार

यस्तै, महामन्त्रीका लागि भएको भिडन्तमा भने शशांक कोइराला निर्वाचित भएका छन् । कोषाध्यक्षमा सीतादेवी यादवले विजय प्राप्त गरिन् । दुवै पौडेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए । 
२०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीय निर्वाचनमा पौडेल १७ पटकसम्म भिडिरहे तर विजयी हुन सकेनन् । सो बेला प्रचण्ड सातौंपटकको निर्वाचनपछि बाहिरिएका थिए भने झलनाथ र पौडेलको भिडन्त १७औं पटकसम्म चलिरह्यो । 
नागरिकको इ-पेपर
अन्ततः रामचन्द्र पौडेललाई यसपटकको सभापति पद पनि फापेन । एकै प्यानलबाट ‘रामचन्द्र’ हारे भने ‘सीता’ले कोषाध्यक्षमा जितिन् । ट्वीटेहरूले टठ्यौलो पारामा लेखे— रामचन्द्रले हारे, सीताले जितिन् ।