Saturday, December 22, 2018

राष्ट्रकविको सय वर्ष : अस्पतालको बेडमा ऋतम्भराकै चिन्ता [भिडियो]


काठमाडौं– सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा राष्ट्रकवि घिमिरेको निधनको सूचना प्रवाह गर्दै श्रद्धाञ्जली व्यक्त भइरहेको थियो। कतिपय अनलाइनले त पुष्टि नगरीकनै समाचार दिन भ्याइसकेका रहेछन्। कवि घिमिरे भने बेलुकीको खाना खाईवरी आराम गरिरहेका थिए।

यो खबर कपुरधारास्थित कवि-निवासमा पनि पुग्यो। कविपत्नी महाकाली भोलिपल्ट मुसुमुसु हाँस्दै घिमिरेसामु आइन् र भनिन्, 'ज्यादै अनौठो खबर पो सुनिँदैछ त।'

'हँहँ...,' बाक्ला आँखीभौं तन्काउँदै कविले चासो राखे। उनले भनिन्, 'हजुरको मृत्यु भयो भनेर बाहिर खबर फैलिसकेछ।'

राष्ट्रकविसँगको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।

आठ वटा ज्यान मुद्दाको परवाह नगरी निर्वासनबाट फर्किएका थिए बिपी



काठमाडौं-  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। 

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। 

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय हुन पुगे। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ को क्रान्ति सफल भयो। 

कम्युनिस्टलाई मैले प्रतिपक्षी मान्ने कुरै आएन : बिपी कोइराला


जयराज आचार्य
बिपीलाई मैले २०३४ साल फागुनमा भेटेको हुँ। शनिबारको दिन थियो।

बिपीलाई भेट्नका लागि कृष्णप्रसाद भट्टराई जाँदै हुनुहुन्थ्यो। सडकमा मलाई भेटेपछि उहाँले सोध्नुभयो, ‘तपाईंले बिपीलाई भेट्नुभयो?’ मैले ‘छैन’ भनेर उत्तर दिएँ। त्यसपछि उहाँले नै ‘लौ हिँड्नुस्’ भन्नुभयो। म उहाँसँगै बिपीलाई भेट्न गएँ। 

बिपी त्यतिबेला अमेरिकामा आफ्नो घाँटीको क्यान्सरको अप्रेसन गरेर फर्किनुभएको थियो। त्यसैले बिपीको बोली खास चर्को थिएन। घाँटीमा क्यान्सर सुरु भएपछि नै उहाँमा त्यो समस्या आएको थियो। रेडियसनले गर्दा घाँटीको छाला पनि जलेको थियो। 

तीन जना अटाउने सोफामा बिपी बीचमा बस्नुभएको थियो। म र भट्टराई छेउछेउमा बसेका थियौं। म उहाँको व्यक्तित्वबाट असाध्यै प्रभावित भएँ। 

कारागारमा सिर्जना: अवसर कि भ्रमका कुरा?



बिपी कोइराला
५ असार २०२१ (१८ जून, १९६४)
सुन्दरीजल
जेलमा लेख्न पढ्न या चिन्तनका लागि असीम समय पाइन्छ, त्यसो हुनाले बौद्धिक विकास कैदीहरुका लागि सुलभ हुन्छ भन्ने साधारण धारणा छ । झन् राजनीतिक बन्दीहरुलाई राजनीतिक विषयमा किताब लेख्ने मौका दिन्छ जेलजीवनले भन्ने पनि धारणा छ।

मलाई यी धारणाहरुको विरुद्ध अनुभव हुन लागिरहेको छ । यस्ता किसिमका धेरै धारणाहरु छन्, जो वास्तविक अनुभवको कसौटीमा चोखो सावित हुँदैनन्, तैपनि मानिसहरुको यस्तो Conservative वृत्ति हुन्छ कि एकचोटि बन्न गएको धारणालाई ऊ हतपती छोड्न सक्दैन। 

बिपीलाई दरबारले नबुझ्नु नै दुर्भाग्य



कीर्तिनिधि बिष्ट
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीसित मेरो हिमचिम बढ्यो। जनमत संग्रहपछि त हाम्रो सम्बन्ध राजनीतिमा मात्र सीमित रहेन, पारिवारिक बन्न पुग्यो। 

बिपी अक्सर मकहाँ आइरहन्थे। उनी आएपछि घरको माहोलै बेग्लै हुन्थ्यो। हामी राजनीतिक छलफल गथ्र्यौ, पारिवारिक कुरा हुन्थे। एकदिन बिपीले मसँग जिज्ञासा राखे, महेन्द्रले ‘कू’ गर्नुको कारण के थियो?

महेन्द्रकै कार्यकालमा २०२६ सालमा प्रधानमन्त्री भएकाले उनलाई लागेको हुनसक्छ, राजाले मलाई धेरै कुरा बताएका छन्। तर, २०१७  सालमा म भर्खर राजनीतिमा संघर्ष गरिरहेको थिएँ। 

बिपीले ‘रअ’को प्रस्ताव ठाडै अस्विकार गरे



भरत शमशेर
त्रिभुवनको निधनपछि २०११ सालमा महेन्द्र राजा बने। उनले पनि आफ्नो बाबुजस्तै राजनीतिक प्रयोगलाई हत्कण्डा बनाए।

चुनाव गराउनुको सट्टा एकपछि अर्को गर्दै धमाधम प्रधानमन्त्री बनाउन थाले। यसैबीच, २०१५ सालमा चुनाव हुने निश्चित भयो। म आफ्नै पार्टी गोर्खा परिषदमा सक्रिय थिएँ।

त्यतिबेला सूवर्णशमशेर सबैभन्दा धेरै ३ ठाउँबाट उठेका थिए। उनी कुनै पनि चुनावी क्षेत्रमा नखटीकनै तीन ठाउँबाट निर्वाचित भए। मैले नुवाकोटबाट जितेँ। मेरो पार्टीले १९ सिट जित्यो।

कांग्रेसपछि दोस्रो ठूलो दल भयो। त्यतिबेला प्रजातन्त्र भनेको के हो? कसैलाई थाहा थिएन। कांग्रेसको यति ठूलो चकचकी थियो, जहाँ गयो त्यहीँ झगडा। पाल्पामा बिपी भाषण गर्न जाँदा मातृकाले नै माथिबाट ढुंगा फाल्न लगाए। त्यो घटनामा एकजना पक्राउ पनि परे। 

बिपीले गान्धीलाई भने– राजनीति त मेरो नसामै दौडिरहेको छ


महात्मा गान्धीले एकपल्ट बिपीलाई सोधेछन्, ‘राजनीतिमा कसरी रुचि भयो?’

उनको उत्तर थियो, ‘राजनीति मैले आफ्नो परिवारिक विरासतबाटै पाएँ। यो त मेरो नसामै दौडिरहेको छ।’

विश्वेश्वरप्रसाद कोइराला, नेपालले मात्र होइन विश्वले मानेका नेता हुन्। अझ उनी संसारभरिका समाजवादीका लागि आदर्श हुन्।राणा शासनको विरोध गरेको आरोपमा बाबु कृष्णप्रसाद देश निकाला भएकै बेला बिपीको जन्म भएको थियो, भारतको बनारसमा, विसं १९७१ भदौ २४ मा। 

बिपीले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका थिए। दार्जिलिङमा केही वर्ष कानुन अभ्यास गरेपछि उनी भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध भए। दोस्रो विश्वयुद्धताका भारतको स्वतन्त्रता आन्दोलनमा होमिए। त्यही क्रममा उनी धनबादमा पक्राउ परे र दुई वर्ष ब्रिटिस जेलमा थुनिए। 

भारतले बिपीविरुद्ध मातृकालाई उठायो


केशवमणि दीक्षित
एकपल्ट चन्द्रशमशेरले मेरो पिताजी राममणि दीक्षितलाई भने, ‘यो काम कृष्णप्रसाद (बिपीका बाबु) को होइन। उनको नाम त्यसै पोलियो। यो काम युगमायाको हो।’

त्यतिबेला मेरो पिताजी चन्द्रशमशेरकै जागिरे थिए। चन्द्रशमशेरलाई ‘हेर तिम्रो जनताको हालत’ भनेर फाटेको चोलो र थोत्रो धोती पठाउने काम सरदार कालिदासकी श्रीमती युगमायाले गरेकी थिइन्। युगमाया कृष्णप्रसादकी भाउजू (बिपीकी काकी) हुन्। जुद्धशमशेरकै पालमा उनको अगुवाइमा महिला संगठन खुलिसकेको थियो। चेतनाको हिसाबले निकै तीक्ष्ण।

कृष्णप्रसाद व्यापारी थिए, विराटनगर भन्सारको ठेक्का लिएको। पछि मौजा बुझाउन सकेनन्। सबै सम्पत्ति रोक्का भयो। त्यसपछि उनी भारत लागे। त्यहाँ अंग्रेजविरुद्ध आन्दोलनको तयारी भइरहेको थियो। त्यहीँ उनको भेट थुप्रै भारतीय नेताहरुसँग भयो। नयाँ विचार मन्थन गर्ने अवसर जुर्‍यो। राजनीतिक चेतनाको प्रादुर्भाव हुन थाल्यो। 

यसो भन्थे विकासबारे बिपी


तपाईहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ। मेरो अन्त्यमा बोल्ने पालो परेकोले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने कुराहरू पूर्ववक्ताहरूले भनिसक्नु भएको छ। म तिनै कुराहरूलाई फेरि दोहोर्‍याउँदिनँ र पञ्चायत मरिसकेको घोडा हो, त्यसलाई चाबुक मार्न पनि म चाहन्नँ।

जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर वातचित हुन्थ्यो र म भन्थे, म एउटा निम्नमध्यम वर्गीय आर्थिकस्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरा जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिएला। तर आज (२०३७ सालमा) बीस वर्षपछि आइपुग्दा देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ। योजना आयोगका तथ्यांक र अर्थशास्त्रीहरू बोलिरहेका छन् कि पाँचौँ पञ्चवर्षीय योजना कालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल २ प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो। यसरी जनसंख्या वृद्धि दरसित तुलना गर्दा विकासको दर ०.३ प्रतिशतले घटेको देखिन्छ। तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्यांकशास्त्रीहरूले भन्ने थिए कि कमसेकम ०.२ प्रतिशत भने पनि विकासको दर बढेको छ।