अहिले पनि आफ्नो पेसागत कर्मप्रति त्यत्तिकै सक्रिय छन्, वरिष्ठ पत्रकार किशोर नेपाल। उनी राजनीति र समाजका अनेकन पहलुबारे आफूलाई नलुकाईकन बोल्न र लेख्न सक्ने पत्रकार/लेखक हुन्। यिनै निडर पत्रकारसँग समसामयिक राजनीतिमाथि नेपाल लाइभका नारायण अमृत र फणीन्द्र संगमले गरेको कुराकानीः
सरकारले अघिल्लो हप्ता मात्रै स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे जुन सहमति गर्यो, त्यसले प्रश्नहरु उब्जाइराखेको छ। लगत्तै विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगायो। यो राजनीतिक घटनाक्रमलाई कसरी नियालिरहनुभएको छ?
यसो हेर्दा अस्वाभाविक जस्तो देखिए पनि त्यतिसाह्रो अस्वाभाविक लागेको छैन। एमालेलाई त तराई-मधेसमा आफ्नो साथ-सहयोगको जरुरी थियो। पार्टीहरु चाहिएको थियो। स्थानीय तहको सपोर्ट चाहिएको थियो। किनभने एमालेको नेतृत्व लिने स्तरका धेरै कम मानिस मात्र छन्, त्यहाँ।