तिर्खाले व्याकुल बटुवाले पानी भेट्यो भने प्यास मेटाउन कति हतार गर्ला रु बुद्धिसागरको ‘फिरफिरे’ पाठकका लागि प्यास मेटाउने चिसो पानीजस्तै थियो। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकमा हस्ताक्षर गराउन लामबद्ध पाठकको उत्साह हेर्दा लाग्थ्यो— फिरफिरेले चमत्कार गर्नेछ। तर, हप्ता दिन नबित्दै अन्य लेखक–समीक्षकबाट निराशापूर्ण टिप्पणी आउन थालेपछि पाठकहरू सोच्न बाध्य भए।
लेखक खगेन्द्र संग्रौलाले त ट्वीट नै गरे— ‘कर्णाली ब्लुज’ कृत्रिम निष्कपट बालक, ‘फिरफिरे’ अनुहारमा रङ पोतिएको उही बालक। जब गुलाफमा रङ थोपर्न थालिन्छ, कलामा नखरा सुरु हुन्छ।
संग्रौलाले भनेझैं पात्रको अत्यधिक चित्रांकन र वर्णनमा ज्यादा शब्द खर्च गर्नु नै उनको कमजोरी ठहरियो। मसिना विषयवस्तुलाई पनि सुललित भाषामा खेलाउन माहिर बुद्धिसागरको दोस्रो उपन्यास पढ्ने पाठक यही कारण पछुताए।
बुद्धिसागरमात्र होइन मदन पुरस्कार विजेता अमर न्यौपानेले पनि पाठकलाई सन्तुष्टि दिन सकेनन्। बिक्रीका हिसाबले ‘करोडौं कस्तूरी’ राम्रो अवस्थामा रहे पनि आलोचनाको सामना गर्नुपर्यो।
‘पहिलेका कृतिको गुणस्तर कायम गर्नका लागि उनीहरुलाई चुनौती थियो,’ समीक्षक राम लोहनीको मूल्यांकन छ, ‘अब उनीहरुको सीमा प्रस्ट भएको बुझ्नुपर्छ।’
कुमार नगरकोटीको ‘मिस्टिका’ अघिल्ला कृतिझैं हस्तक्षेपकारी भूमिकामा देखिएन। यी ‘आख्यान डिजाइनर’ले ‘मिस्टिका’मा नयाँनयाँ प्रयोग त गरे तर उही प्रस्तुति र रिपिटेसनका कारण चिप्लिए। ‘उनले भित्र्याएको नयाँपन र प्रयोग नेपाली आख्यानका लागि टर्निङ प्वान्ट थियो,’ लोहनी भन्छन्, ‘पछिल्ला पुस्तकमा भने उनले त्यसलाई कायम राख्न सकेनन्, उही शैली र प्रस्तुति पाठकका लागि रुचिकर बन्न सकेन।’
उनी अन्य आख्यानबाट पनि सन्तुष्ट छैनन्। हरिवंश आचार्यलाई छायाँपात्र बनाएर लेखिएको ुकरोडौं कस्तूरीुमा आचार्यको आत्मकथा पढ्नेले नयाँपन नपाउने उनको दाबी छ। ‘विषयवस्तुमा नवीनता भए पनि उनले दिनुपर्ने सन्देश नकारात्मक रुपमा प्रवाह भइदियो,’ भन्छन्, ‘फिरफिरेमा पनि बुद्धिसागरको उही शैली दोहोरियो, अनावश्यक कथा तन्कियो।’
वर्षको अन्त्यतिर पत्रकार गिरीश गिरी वीरगन्जको कथा लिएर देखा परे। वीरगन्ज सहरको ऐतिहासिक पृष्ठभूमि र त्यहाँको समाजलाई उतारिएको पुस्तक ‘वीरगन्ज’ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
वैशाख दोस्रो हप्ता नलाग्दै आएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीले लामो समयसम्म साहित्य क्षेत्र स्थिर रह्यो। भारतबाट आयातित कागज र कतिपय प्रकाशकले उतै छापेर ल्याएका पुस्तक सीमामै अड्किएपछि यसको असर देखियो। पाठकहरूमा पनि संकट र अभावको बेला पढ्ने मनोविज्ञान शिथिल बन्न पुग्यो।

चर्चामा सधैं उपन्यास
नेपाली साहित्यको बुझिनसक्नु बजारशास्त्रले उपन्यासलाई सधैं चर्चामा ल्याइरहेको सत्य हो। जतिसुकै झुर होस् या उत्कृष्टस उपन्यास सधैं अन्य विधाको तुलनामा अगाडि आइहाल्छ।
समीक्षक गुरुङ सुशान्तले भनेझैं ‘सेलिब्रिटी अनुहार देखाएर र क्षणिक रोमान्सको ललिपप देखाएर किताब बेच्ने काम यो वर्ष पनि कायम रह्यो।’
दुर्भिक्ष, प्रेतकल्पजस्ता गहन कृतिका लेखक नारायण ढकालबाट पनि पाठक सन्तुष्ट हुन सकेनन्। पञ्चायतकालीन राजनीतिक घटनाक्रम र काठमाडौंको परिवेशमा सिर्जित ‘वृषभ वध’ उनका अघिल्ला कृतिको तुलनामा कमसल ठहरियो।
समीक्षक राजकुमार बरालका अनुसार लेखकहरू पाठकको मनोविज्ञानलाई ख्याल गर्न सक्दैनन्। ‘केही लेखक आफूलाई ‘महान्’ ठान्ने धङधङीबाट निस्कन सकेनन्, केहीले चाहिँ ‘प्रयोग’का नाममा साहित्यको दोहोलो काढिइरहे,’ उनले भने, ‘कोही पुरानो साहित्यिक विरासतमा आत्मश्लाघामै रमाइरहेका छन्, कोही विज्ञापनमा।’
उनले भनेझैं पुराना स्थापित लेखकहरूका पछिल्ला कृतिको गुणवत्ता खस्कँदै गएको देखिन्छ।
‘यायावर’का पात्रलाई न्याय गर्न लेखिएको दाबी गर्ने ब्रजेशको ‘जुनेली’ले सुरुमै आरोप झेल्नुपर्यो। कस्मेटिक कथा र कतिपय अश्लील शब्दका कारण उपन्यास अपाच्य रहेको पाठकले आरोप लगाइरहँदा उनी स्पष्टीकरण दिनमै व्यस्त रहे।
सिर्जनात्मकताको अभावमा पछिल्ला पुस्तकले गुणवत्ता कायम गर्न सकेन भन्छन्, अर्का समीक्षक गनेस पौडेल। उनले भनेको सिर्जनात्मकता– विषयवस्तु पुरानै भए पनि नयाँ सोच, कोण र फरक प्रस्तुति हो। ‘हामीकहाँ साहित्यको विविधिकरण हुनै सकेन, त्यो लेखकमा पनि लागू हुन्छ,’ उनको ठोकुवा छ, ‘पुरानै पाँच–सात जना लेखकको केन्द्रमा साहित्य घुमिरहेको छ। त्यसले समग्र साहित्यलाई थेग्न सक्दैन।’
०७२ सालको साहित्य क्षेत्रलाई उपलब्धिमूलक मान्दैनन् उनी। भन्छन्, ‘केही ठिकै पुस्तक आए तर तिनले समग्र साहित्य धानेनन्।’
हरि अधिकारीको ‘एक्लो नायक’ पनि पाठकले रुचाएनन्। सन्त नेता कृष्णप्रसाद भट्टराईमाथिको यो उपन्यास जीवनीमाथिको औपन्यासीकरण हो। भट्टराई पढेका र उनको जीवन बुझेकाहरुका लागि नयाँपन छैन भने संरचनागत प्रस्तुतिमा पनि लेखकको मेहनत देखिएन।
कवि विष्णु भण्डारीको पहिलो आख्यान ‘पहेँलो घाम’ले भने साहित्य वृत्तमात्रै होइन वामपन्थी लेखकबीच पनि तरंग ल्याइदियो। विद्रोही छापामार युवती र अयोग्य लडाकुहरूको कथा बोकेको उपन्यासले नेतृत्व वर्गको लाचारीपन र स्खलित बन्दै गएको माओवादी आन्दोलनलाई इंगित गरेको छ। सोही कारण पनि उनले पार्टीभित्रबाटै दबाब झेल्नुपर्यो।
अस्ट्रेलिया बस्दै आएका निष्प्रभ सजी ‘डार्लिङ हार्बर’ लिएर नेपाल आइपुगे। प्रेम कथामा आधारित उनको यो पुस्तक अन्यको तुलनामा चर्चामा आउन सकेन।
नयाँ लेखकका रूपमा यसपालि संजय अधिकारी ‘धर्सो’सहित देखा परे भने घनश्याम पथिक ‘युनिका’ र समीर कार्की ‘सरुको सहर’ लिएर देखा परे। रोशन दाहालको ‘काँचुली’ले राम्रो चर्चाका साथै पाठकको माया पायो। पूर्वजन्मप्रतिको विश्वास र दर्शनको संयोजित रूपमा आएको यो पुस्तकको बिक्री राम्रै रह्यो। महेश पौड्याल पनि नुवाकोटको माझी समुदायको कथावस्तुसहित ‘तादी किनारको गीत’ लिएर आए। किशोर उपन्यास भनिए पनि परिवेश र तथ्यगत कमजोरीका कारण कम चर्चामा रह्यो।
माधव प्याकुरेलको ‘गुलरको फूल’ संरचना र कथावस्तुका दृष्टिले राम्रो रहे पनि चर्चाको रेखाभित्र पर्न सकेन। पत्रकार कुसुम भट्टराई पनि ‘धक्का’ लिएर यसै वर्ष देखिए। धरावासीले केही ‘रेड स्क्वायर‘ र उपन्यास ‘ग्रेटफल्स‘ यसै वर्ष लिएर आए। राधा, शरणार्थी र झोलाका लेखकको पछिल्ला पुस्तकले भने पाठकलाई रिझाउन सकेनन्।
कविता कम
पुरातात्विक मठ–मन्दिर, सम्पदा र पर्यटकीय स्थलमाथिको छोटा चित्रात्मक कविताकृति जात्रा भूकम्पअघि नै सार्वजनिक भयो। तर कवि अभयकुमारले पाठक भने तान्न सकेनन्। वैशाख १२ गते बिहान सार्वजनिक अमर गिरीको ‘शब्दहरूको बीचमा’ कृति दुई घन्टापछि आएको भूकम्पको मारमा पर्यो।
कविताका फाट्टफुट्ट कृति निस्किए पनि चर्चामा कम नै देखिए। सरिता तिवारीको ‘प्रश्नहरूको कारखाना’ वैचारिक चेत र शिल्पको हिसाबले अन्य कविताभन्दा बढी रुचाइयो। तर उनी पनि आलोचनाभन्दा बाहिर रहिनन्। ‘पुरुष सत्ता’लाई ठाडै निषेध गरिएको टिप्पणी साहित्यिक वृत्तमा चल्यो भने सामाजिक सञ्जालका उनको अभिव्यक्तिका कारण आफैं विवादमा तानिइन्।
भूपाल राईको ‘आगोले जन्मोत्सव मनाउँदैन’, हरिहर तिमल्सिनाको ‘गाउँ हराएको साँझ’, चन्द्र घिमिरेको ‘काठको बाकस’, भूपिनको ‘सुप्लाको हवाइजहाज’ यस वर्षको राम्रा कृतिमै गनिए। तिमिल्सिनाका कविता पठनीय भए पनि चर्चाको ‘बजार’सम्म आउन पाएन। यही वर्ष हरिमाया भेटवाल ‘बाटो खोज्दै जाँदा’ लिएर आइन् भने १२ वर्षपछि दोस्रो संग्रह ‘समय र सपनाहरु’ लिएर विमल वैद्य देखा परे। सुवास संगम राईको ‘नेप्चीको लय’, दीपेन्द्रसिंह थापाको ‘सहयात्री शब्दहरू’ पनि यसै साल आए। देशबाहिर रहेकी दीपा राई पुनले सांस्कृतिक विम्ब र मिथको पुनर्व्याख्याससहित ‘छुटेको बागदाता’ कोसेली दिएर पुन हङकङ फर्किइन्।
खुम्चियो कथा
कथा संग्रहले पनि यसपालि बाजी मार्न सकेनन्। अमेरिका बस्दै आएका शिवप्रकाश ‘घागी’का साथ झुल्किए। अमेरिकी समाज र त्यहाँका नेपालीले भोगेका दुःखलाई समेटिएको कथा शिल्पका हिसाबले पठनीय रह्यो भने पत्रकार अश्विनी कोइरालाको ‘जुकरबर्ग क्याफे’ निकै चर्चामा देखियो। युवाको प्रेम, यौन र प्रविधिकेन्द्रित उनका कतिपय कथा भने कथानक ढाँचामा चिप्लिए।
गोविन्द गिरी प्रेरणाको लामा कथा ‘गन्तव्य गणबहाल’ गहकिला कथाको पुस्तक भए पनि चर्चाभन्दा बाहिरै रह्यो। एलबी क्षेत्रीको ‘इन्द्रमायाको देशमा’, ‘कमलमणि दीक्षितका लघुकथा’ पनि यही वर्षको सुरुवातमा बजारमा देखा परे। नयाँ लेखक दीपक नेपाल ‘रित्तो आकाश’का साथ कथाकारको रूपमा भित्रिए।
घट्यो आत्मकथा
अघिल्लो वर्ष आत्मकथा हाबी भए पनि २०७२ सालमा कम आत्मकथा देखा परे। रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ सर्वाधिक चर्चामा रह्यो भने शंकर उप्रेतीको ‘जीवन एक सपना’लाई पाठकले रुचाए। शारदा भूषाल झाको ‘धरातल’ले भने ठूलो विवाद खडा गरिदियो। पुराना वामपन्थी नेता तथा लेखक मोदनाथ प्रश्रितले आफूमाथि पटक–पटक यौनहिंसा गरेको पुरानो घटना खोतलिएको पुस्तक प्रकाशनपछि प्रश्रितले पत्रकार सम्मेलन गरेरै स्पष्टिकरण दिनुपरेको थियो।
महेश बस्नेतको ‘म महेश’ले सुरुमा राम्रो बिक्री भए पनि त्यसले निरन्तरता पाएन। वर्षको अन्तमा पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले पनि आत्मकथा लिएर आए ‘जनताको छोरो’।
इमानदार नहुनु नै आत्मकथाको समस्या ठान्छन्, समीक्षक गुरुङ सुशान्त। ‘पुरस्कारलाई लक्ष्य बनाएर लेख्नेहरू पनि छन् यहाँ, त्यसले झन् धेरैतिर जोखिम उठाउँछ,’ उनले समग्र वार्षिक मूल्यांकन गरे, ‘किताब त आएकै हुन् तर उत्कृष्ट भन्न मिल्नेगरी कम छन्।’
सीमित निबन्ध
कम बिक्ने र चर्चामा नआउने निबन्धमा राम्रा लेखकहरू चलेनन्। खगेन्द्र संग्रौलाको ‘इतर विचार’, अभि सुवेदीको ‘फ्लानरको डायरी’, प्रदीप नेपालको ‘कुञ्जिनिका गाउँबेँसी’ औसतमात्र रहे। प्रकाश सायमीको ‘काठमान्डू सेल्फी’ र रेशम विरहीको ‘देब्रे आँखा’ भने चर्चा र बिक्रीमा सफल नै रहे। दामोदर पुडासैनीको ‘सिमानाका रंग सिमानका तरंग‘ नियात्रा, सरोज धितालको ‘उज्यालाका बीउ’, बलराम अधिकारीको ‘इरेजर’, सचित राईको ‘माङ्खिम’ र प्रभा बरालको नियात्रा ‘आत्महत्याको जंगल’ २०७२ भित्रै आए। कालिकोटका सर्वराज बमले नयाँ प्रयोगसहितको पुस्तक ’गणित साहित्य’लाई भित्र्याए।
लेखकका लागि दोस्रो या पछिल्ला किताब सकसपूर्ण रह्यो यो वर्ष। सेतो धरती र करोडौं कस्तूरी, कर्नाली ब्लुज र फिरफिरे, यायावर र जुनेली, प्रेतकल्प र वृषभ वध, मोक्षान्त काठमान्डू फिभर र मिस्टिकास तुलनात्मक रूपमा दोस्रो पुस्तक खस्किँदै गएको देखिन्छ। ‘लेखकबाट जुन अपेक्षा गरिएको थियो, त्यस्ता पुस्तक आउन सकेनन्। लेखकले भन्दा पनि प्रकाशक र ‘समूह’ले त्यस्ता पुस्तकको बजार टिकायो,’ समीक्षक महेश पौड्याल निराश हुँदै भन्छन्, ‘यो वर्ष चलिरहेका साहित्यिक अभ्यासलाई निरन्तरता त दिइयो तर नयाँपन केही भएन।’
भूकम्प र नाकाबन्दीले साहित्यको धरातललाई पनि कमजोर अवश्य बनाएको हो। लागत खर्च बढ्नु र बजारसम्म समयमै पुर्याउन नसक्नु प्रकाशका लागि चुनौती थियो। ‘देशले भोगेको संकटका कारण यसपालि ३० प्रतिशत लागत खर्च बढ्यो भने उत्ति नै व्यापार घट्यो,’ सांग्रिला बुक्सका प्रकाशक मणि शर्मा बाध्यता सुनाउँछन्, ‘समाज रूपान्तरणको एक अंग प्रकाशक पनि भएकाले हामी सुस्ताउनु हुने थिएन। बरु ठूलो चुनौती बेहोर्दै पाठकसम्म पुग्न कोसिस गरिरह्यौं।’
सचेत बन्दै गएका पाठक र युवा समीक्षकको निर्मम लेखनबाट चुनौती बढेको छ, लेखकहरुका लागि। आफ्ना अघिल्ला पुस्तकले धानेको गुणवत्तालाई आगामी पुस्तकले नधान्ने हो भने घाटा त बेहोर्नु नै छ, लेखकले पाठकको जमात पनि गुमाउनेछन्।

समीक्षकका नजरमा उत्कृष्ट पाँच
राम लोहनी
कूटनीति र राजनीतिसिमानाका रंग सिमानका तरंग
उज्यालाका बीउ
गुलरको फूल
वृषभ वध
गुरुङ सुशान्त
मिस्टिका
वीरगन्ज
फिरफिरे
गणतन्त्रको संघर्ष
देब्रे आँखा
महेश पौड्याल
नेप्चीको लय
सहयात्री शब्दहरू
करौडौं कस्तूरी
पहेँलो घाम
इन्द्रमायाको देशमा
गनेस पौडेल
करोडौं कस्तूरी
फिरफिरे
मिस्टिका
प्रश्नहरूको कारखाना
सुप्लाको हवाइजहाज
राजकुमार बराल
करोडौं कस्तुरी
काठको बाकस
जुकरवर्ग क्याफे
तादी किनाराको गीत

No comments:
Post a Comment