ह्याप्पी न्यु इयर
फणीन्द्र संगम–
जनवरी १, २०१३ । अर्थात् तीन दिनपछिको बिहानीले धेरैमा नयाँ उमंग र संकल्पको संचार गर्नेछ । धेरैले खुसियालीसाथ उद्घोष गर्नेछन्–‘ह्याप्पी न्यु इयर–२०१३ ।’
इस्वी संवतअनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा यतिबेला फेसबुकका पेज र मोबाइलका ‘टेक्स्ट’हरू ‘न्यु इयर विस’ ले भरिन थालेका छन् । विक्रम संवत्अनुसार वैशाखलाई नव वर्षारम्भ मानिए पनि अंग्रेजी पात्रो हेरेर ‘न्यु इयर’ मनाउनेको संख्या बढ्दो छ । युवा र किशोरकिशोरी बढी छन् ।
पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी सरस्वती थापा ग्लोबलाइजेसनकै कारण पश्चिमा संस्कृतिले प्रभाव जमाएको बताउँछिन् । ‘आफ्नो परम्परामात्रै कति मान्ने भन्ठान्ने युवाले जनवरीको न्यु इयर मनाएका हुन सक्छन्,’ उनी भन्छिन् । जाडो बिदामा धेरै साथीहरू घर जाने भएकाले केही साथीसँग घुम्न जाने उनको योजना छ ।
सिभिल मलमा कलेज ड्रेससँगै भेटिएका नितेशको कलेज न्यु इयरमा बिदा नहुने भएकाले तनावमा छन् । तर, गर्लफ्रेन्ड लिएर घुम्न जाने उनको प्लानलाई कलेजले बाधा पु-याउने छैन । ‘कलेज बंक गरेर जिएफ (गर्लफ्रेन्ड) सँग नगरकोट जाने,’ उनले भने ।
पश्चिमा देशबाट आयातित चाडपर्वप्रतिको तीव्र मोहका कारण मौलिक संस्कृतिमा परेको प्रभावबारे भने विज्ञहरू चिन्तित छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. ओम गुरुङ युवा पिँढीमा समाज–संस्कृतिदेखि पलायन हुने खतरा बढेको बताउँछन् । ‘न्यु इयर, क्रिसमस, भ्यालेन्टाइन्स डे जस्ता विदेशी पर्व मनाउने प्रवृत्तिले नेपाली जाति–जनजातिका मौलिक संस्कृति ओझेलमा पर्न थालेका छन्,’ उनले भने ।
विश्वव्यापीकरण तथा मिडियाको सशक्तताका कारण नयाँ विचार, संस्कृति र परिवर्तन भित्रिनु स्वाभाविक भए पनि नेपाली समाजले कतिसम्म पचाउन सक्छ भन्नेमा सचेत हुनुपर्ने गुरुङको धारणा छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा एमएड गर्दैगरेका महोत्तरीका अखिलेशकुमार शर्मा विदेशी चाडपर्व मनाए पनि आफ्नै परिवार र समाजले मनाउँदै आएका पर्वलाई बढी महत्व दिनुपर्ने बताउँछन् । न्युरोडको भूगोलपार्कमा भेटिएका स्नातक तेस्रो वर्षका प्रकाश शर्मा भने फरक धारणा राख्छन्, ‘नयाँनयाँ परिवर्तन पश्चिमी मुलुकबाटै आउने भएकाले फलो त गर्नै प-यो नि !’ प्रकाशकै साथी सिर्जना टेलिभिजन र नेटको प्रयोग र प्रभाव परेकाले विदेशीले मनाउने न्यु इयर मनाउनु अस्वाभाविक नरहेको बताउँछिन् ।
१२ महिनामा एकपटक मात्र आउने न्यु इयर मनाउने सोचिरहेकी बानेश्वरकी नितु मल्लको पिकनिक जाने सम्भावना ज्यादा छ । साथीहरूसँग शुभकामना आदानप्रदान तथा भेटघाट हुने भएकाले न्यु इयर मनाउनुलाई सकारात्मक नै लिनुपर्ने पद्मकन्या क्याम्पस पढ्दै गरेकी मल्लले बताइन् । उनको धारणा छ, सूचना प्रविधिमार्फत बाह्य संस्कृतिको प्रभाव नेपाल भित्रन सहज भएको हो । कीर्तिपुर– ३ का रामजन महर्जन भन्छन्, ‘सूचना संचारको प्रयोग बढ्दै गएकाले विदेशी संस्कृति, लवाइखुवाई र शैली पछ्याउन नेपालीलाई गाह्रो छैन ।’ न्यु इयर मनाउने बहानामा पार्टी गर्ने, डिस्को जाने युवाप्रति इंगित गर्दै उनी भन्छन्, ‘न्यु इयरले रमाइलोका साथै छाडापनलाई पनि भित्र्याइरहेको छ ।’
सूचना प्रविधिको माध्यमबाट विदेशी संस्कृति नेपाल भित्रेको हो । कम्प्युटरको सानो स्क्रिनमा विश्व हेर्न र पढ्न सकिन्छ । प्रविधिकै माध्यमबाट राजधानी र ठूला सहरको नयाँ वर्ष उल्लास अलिअलि गर्दै साना बजार र ग्रामीण भेग छिर्दै छ । इलेक्ट्रोनिक मिडियामा छाएको क्रान्तिकारी परिवर्तनको तरंग युवामा प्रवाह भएको छ । डा. गुरुङ भन्छन्, ‘प्रविधिको विकाससँगै आयातित संस्कृतिलाई महत्व दिँदा आफ्नो गरिमा र पहिचान लोप हुने खतरा बढ्छ ।’ विश्वका विभिन्न मुलुकमा नेपाली जाने क्रम बढिरहेको छ । उनीहरू जहाँ–जहाँ पुग्छन् त्यहाँको संस्कार र शैलीको प्रभावलाई बोकेरै स्वदेश फर्कन्छन् । ‘यही शैलीको अनुकरण गर्ने क्रममा न्यु इयर मनाउने प्रचलन बढेको हो,’ महर्जन भन्छन् ।
मौलिक पहिचान र संस्कृतिमाथि हावी हुने बाह्य शैलीलाई समाजले कसरी पचाइरहेको छ, सोचनीय विषय हुनसक्छ । जे होस्, न्यु इयरको नाममा युवाहरू मध्यपुसको कठ्यांग्रिँदो जाडोलाई समेत तताइदिने सुरमा छन् ।
ह्याप्पी न्यु इयर !
नागरिक दैनिक, २०६९ पुस १४ शनिबार (प्रकाशित)
फणीन्द्र संगम–
जनवरी १, २०१३ । अर्थात् तीन दिनपछिको बिहानीले धेरैमा नयाँ उमंग र संकल्पको संचार गर्नेछ । धेरैले खुसियालीसाथ उद्घोष गर्नेछन्–‘ह्याप्पी न्यु इयर–२०१३ ।’
इस्वी संवतअनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा यतिबेला फेसबुकका पेज र मोबाइलका ‘टेक्स्ट’हरू ‘न्यु इयर विस’ ले भरिन थालेका छन् । विक्रम संवत्अनुसार वैशाखलाई नव वर्षारम्भ मानिए पनि अंग्रेजी पात्रो हेरेर ‘न्यु इयर’ मनाउनेको संख्या बढ्दो छ । युवा र किशोरकिशोरी बढी छन् ।
पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी सरस्वती थापा ग्लोबलाइजेसनकै कारण पश्चिमा संस्कृतिले प्रभाव जमाएको बताउँछिन् । ‘आफ्नो परम्परामात्रै कति मान्ने भन्ठान्ने युवाले जनवरीको न्यु इयर मनाएका हुन सक्छन्,’ उनी भन्छिन् । जाडो बिदामा धेरै साथीहरू घर जाने भएकाले केही साथीसँग घुम्न जाने उनको योजना छ ।
सिभिल मलमा कलेज ड्रेससँगै भेटिएका नितेशको कलेज न्यु इयरमा बिदा नहुने भएकाले तनावमा छन् । तर, गर्लफ्रेन्ड लिएर घुम्न जाने उनको प्लानलाई कलेजले बाधा पु-याउने छैन । ‘कलेज बंक गरेर जिएफ (गर्लफ्रेन्ड) सँग नगरकोट जाने,’ उनले भने ।
पश्चिमा देशबाट आयातित चाडपर्वप्रतिको तीव्र मोहका कारण मौलिक संस्कृतिमा परेको प्रभावबारे भने विज्ञहरू चिन्तित छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. ओम गुरुङ युवा पिँढीमा समाज–संस्कृतिदेखि पलायन हुने खतरा बढेको बताउँछन् । ‘न्यु इयर, क्रिसमस, भ्यालेन्टाइन्स डे जस्ता विदेशी पर्व मनाउने प्रवृत्तिले नेपाली जाति–जनजातिका मौलिक संस्कृति ओझेलमा पर्न थालेका छन्,’ उनले भने ।विश्वव्यापीकरण तथा मिडियाको सशक्तताका कारण नयाँ विचार, संस्कृति र परिवर्तन भित्रिनु स्वाभाविक भए पनि नेपाली समाजले कतिसम्म पचाउन सक्छ भन्नेमा सचेत हुनुपर्ने गुरुङको धारणा छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा एमएड गर्दैगरेका महोत्तरीका अखिलेशकुमार शर्मा विदेशी चाडपर्व मनाए पनि आफ्नै परिवार र समाजले मनाउँदै आएका पर्वलाई बढी महत्व दिनुपर्ने बताउँछन् । न्युरोडको भूगोलपार्कमा भेटिएका स्नातक तेस्रो वर्षका प्रकाश शर्मा भने फरक धारणा राख्छन्, ‘नयाँनयाँ परिवर्तन पश्चिमी मुलुकबाटै आउने भएकाले फलो त गर्नै प-यो नि !’ प्रकाशकै साथी सिर्जना टेलिभिजन र नेटको प्रयोग र प्रभाव परेकाले विदेशीले मनाउने न्यु इयर मनाउनु अस्वाभाविक नरहेको बताउँछिन् ।
१२ महिनामा एकपटक मात्र आउने न्यु इयर मनाउने सोचिरहेकी बानेश्वरकी नितु मल्लको पिकनिक जाने सम्भावना ज्यादा छ । साथीहरूसँग शुभकामना आदानप्रदान तथा भेटघाट हुने भएकाले न्यु इयर मनाउनुलाई सकारात्मक नै लिनुपर्ने पद्मकन्या क्याम्पस पढ्दै गरेकी मल्लले बताइन् । उनको धारणा छ, सूचना प्रविधिमार्फत बाह्य संस्कृतिको प्रभाव नेपाल भित्रन सहज भएको हो । कीर्तिपुर– ३ का रामजन महर्जन भन्छन्, ‘सूचना संचारको प्रयोग बढ्दै गएकाले विदेशी संस्कृति, लवाइखुवाई र शैली पछ्याउन नेपालीलाई गाह्रो छैन ।’ न्यु इयर मनाउने बहानामा पार्टी गर्ने, डिस्को जाने युवाप्रति इंगित गर्दै उनी भन्छन्, ‘न्यु इयरले रमाइलोका साथै छाडापनलाई पनि भित्र्याइरहेको छ ।’
सूचना प्रविधिको माध्यमबाट विदेशी संस्कृति नेपाल भित्रेको हो । कम्प्युटरको सानो स्क्रिनमा विश्व हेर्न र पढ्न सकिन्छ । प्रविधिकै माध्यमबाट राजधानी र ठूला सहरको नयाँ वर्ष उल्लास अलिअलि गर्दै साना बजार र ग्रामीण भेग छिर्दै छ । इलेक्ट्रोनिक मिडियामा छाएको क्रान्तिकारी परिवर्तनको तरंग युवामा प्रवाह भएको छ । डा. गुरुङ भन्छन्, ‘प्रविधिको विकाससँगै आयातित संस्कृतिलाई महत्व दिँदा आफ्नो गरिमा र पहिचान लोप हुने खतरा बढ्छ ।’ विश्वका विभिन्न मुलुकमा नेपाली जाने क्रम बढिरहेको छ । उनीहरू जहाँ–जहाँ पुग्छन् त्यहाँको संस्कार र शैलीको प्रभावलाई बोकेरै स्वदेश फर्कन्छन् । ‘यही शैलीको अनुकरण गर्ने क्रममा न्यु इयर मनाउने प्रचलन बढेको हो,’ महर्जन भन्छन् ।
मौलिक पहिचान र संस्कृतिमाथि हावी हुने बाह्य शैलीलाई समाजले कसरी पचाइरहेको छ, सोचनीय विषय हुनसक्छ । जे होस्, न्यु इयरको नाममा युवाहरू मध्यपुसको कठ्यांग्रिँदो जाडोलाई समेत तताइदिने सुरमा छन् ।
ह्याप्पी न्यु इयर !
नागरिक दैनिक, २०६९ पुस १४ शनिबार (प्रकाशित)
No comments:
Post a Comment