ऋतुहरूको राजा मानिने वसन्तमा नयाँ पालुवाहरू फेरिँदै छन् । एउटी किशोरीको शारीरिक अंग विकास हुँदा उसमा जस्तो बहार छाउँछ, बोट–विरुवाले पालुवा हाल्दा वसन्तले त्यस्तै बहार ल्याइदिन्छ । युवती बन्दै गरेकी ती किशोरीको उमंगजस्तै वसन्तमा आउनै लागेको होलीले धेरैमा उमंग र उल्लास भित्र्यायाउँदै छ । हराभरा फूल फुल्न थालेका, रुख विरुवाले पालुवा हाल्न थालेका र मौसम पनि उपयुक्त भएकाले होलीलाई रंगीन बनाउन धेरैले तारतम्य मिलाइसकेका छन् ।
ऋतु परिवर्तनसँगै आउने होलीको रङ पनि बदलिँदै छ, ९५ वर्षीय द्वारिकाबहादुर महर्जनलाई यस्तै लाग्छ । ‘हामी केटाकेटी हुँदा रातो रङ नै बढी खेलिन्थ्यो,' रातो रङलाई विजयको प्रतीकसँग दाँज्दै कीर्तिपुर–१७ का यी वृद्ध भन्छन्, ‘अहिले पहेंलो, हरियो, नीलो, कालो, केके हो केके !’
होली खेल्न चाहने र आफूले चिनेका साथीलाई मात्रै रङ दल्ने चलन भए पनि अहिलेको फरक शैली उनलाई मन परेको छैन । ‘छतमा बसेर नचिनेको बटुवालाई पानी छ्याप्नु राम्रो होइन नि,' महर्जनले सुझाव दिए, ‘अहिलेका युवाको उत्ताउलोपनले कुनै दुर्घटना होला कि भन्ने डर लाग्छ ।’
तराईमा होलीलाई छठपछिको ठूलो चाडका रूपमा लिइन्छ । तराईवासीले यो पर्वलाई बढी महत्त्ववका साथ मनाउँछन् । चार वर्षदेखि काठमाडौंमा बसेर वेल्डिङको काम गर्दै आएका रौतहट गौरका नन्दकिशोर साह तराईमै होली मनाउन जाने तयारीमा छन् । मालिगाउँमा काम गर्ने उनी भन्छन्, ‘साहुले १३ र १४ गते विदा दिएको छ, मिलेसम्म गाउँमै गएर चाड मनाउँछु ।’
अन्य पर्वजस्तो पूजाआजा र विशेष परिकार नै नचाहिने भएकाले होली बिल्कुल मनोरञ्जनको पर्व भएको उनको धारणा छ । ‘हल्का मासु खाइन्छ,’ हाँस्दै भन्छन्, ‘भाङको लड्डु छुट्यो भने त होलीको अर्थै भएन नि !’ जत्ति बढी रङ खेल्यो उत्ति नै होलीको ‘अर्थ’ लगाउने उनी भन्छन्, ‘तनाव र थकान बिर्सिएर साथीभाइसँग ‘इन्जोय’ गर्दै होली मनाउने ।’ काठमाडौंमा बसे पनि तराईको होली साह कहिल्यै बिर्संदैनन् ।
युवाहरूका लागि होलीले जति उमंग लिएर आउँछ, कतिपय महिलाका लागि यसले पीडा दिइरहेको छ । होलीको दिन सडकमा न्यून संख्यामा मात्र महिला देखिन्छन् । महिलालाई लक्षित गरेर रङ र लोला हान्ने प्रवृत्ति बढेको छ ।
महिलामाथि नै बढी लोला किन प्रहार हुन्छ त ? एमए अंग्रेजीमा थेसिस गर्दै गरेका मोरङ इन्द्रपुर– २, का पुरुषोत्तम ओझा भन्छन्, ‘विपरीत लिंगीप्रतिको आकर्षणले त्यो त स्वभाविक हो ।’ वर्षमा एकपटक आउने रङको पर्वमा रङको वर्षा गराउने सुरमा छन्, उनी । ‘फ्रायडले ठीकै त भनेका छन् नि’, उनले थपे, ‘बच्चैदेखि हरेक मान्छे विपरीत लिंगप्रति आकर्षित भइहाल्छ नि !’
आधुनिकताको नाममा पछिल्लो पिँढीले संस्कृति भाँड्ने गरेको आरोप पनि लाग्ने गर्छ । तर, उनी त्यसलाई स्विकार्दैनन्, ‘हामीले यसरी जोड गरेर मनाइरहे न, संस्कृति बाँचिरहन्छ,’ उनी प्रश्न गर्छन्, ‘रङको पर्वमा पूजा गरेर व्रत बस्ने त ?’
आधुनिकताको नाममा चाडपर्व मनाउने शैली फेरिँदो छ, जसका कारण यसको महत्त्व हराउँदै गएको तर्क गर्छिन्, साहित्यकार सुधा त्रिपाठी । बाटो या छतमा बसेर महिलालाई पानी र लोला छ्याप्ने प्रवृत्ति पितृसत्तात्मक सोचको कारण भएको उनको ठम्याइ छ ।
उनी भन्छिन्, ‘संस्कृति धान्नलाई पर्व त मनाउनै पर्छ, तर अहिले मनाइने शैलीलाई धेरै सकारात्मकतातिर लैजानुपर्छ ।’ बच्चादेखि नै महिलाप्रति हेरिने दृष्टिकोण नफेरिएसम्म यस्ता संस्कारबाट उनीहरू पीडित भइरहने त्रिपाठी बताउँछिन् ।
आफ्नो ठूलो सहभागितामार्फत् होलीलाई सही बाटो दिन महिला किन अगाडि आउँदैनन् त ? त्रिपाठी भन्छिन्, ‘संस्कार नै खराबतिर मोडिएको छ । दुईचार जनाले केही फरक पर्दैन । कि त अभियानकै रूपमा ठूलो संख्यामा महिलाहरू आउनैपर्छ ।’
भनिन्छ, होलीमा शत्रुलाई पनि अबिर दलेर रमाइलो गरिन्छ । पुराना रिसराग, द्वेष, ईष्र्यालाई होलीको रङले पखाल्छ । आपसी सद्भाव, मित्रता र जातीय एकतामा जोड दिने यो पर्व तराईदेखि पहाड र हिमालमा पनि उत्तिकै महŒवका साथ मनाउने गरिन्छ, जसले जाति र सम्प्रदायलाई एकतामा बाँधेको छ ।
होली सकिएपछि रङकै कारण छालाको एलर्जी र खटिराको समस्या लिएर आफूकहाँ आउने बिरामी धेरै भएको उनले बताइन् । उनको सुझाव छ, ‘अनुहारमा पहिले भेजिटेवल ओइल या मस्चराइजरजस्ता क्रिम प्रयोग गरेर होली खेल्दा राम्रो । तर, खेलिसकेर छिट्टै सफा गर्नुपर्छ ।’
पौराणिक तथ्यअनुसार प्राचीन समयका राक्षस हिरण्यकशिपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न अनेक षड्यन्त्र गरे पनि सफल नभएपछि अग्निले नडढ्ने वरदान पाएकी आफ्नी बहिनी होलिकाको काखमा प्रह्लाद राखिदिएर अग्निकुण्डमा होमिदिए । तर, प्रह्लाद नभई होलिका स्वयं नै जलेर भष्म भइन् । होलिका दहनकै खुसीयालीमा आपसमा रङ र अबिर दलेर होली पर्व मनाउन थालिएको प्रसंग प्रचलित छ ।
अर्को प्रसंगअनुसार द्वापर युगमा भगवान श्रीकृष्णलाई मार्ने उदेश्यले स्तनमा विष लगाएर स्तनपान गराउन गएकी राक्षसनी पुतनालाई कृष्णले नै मारिदिएको र ब्रजवासीले एकापसमा रङ छरेर खुसीयाली मनाएको सम्झनामा होली पर्व भित्रिएको हो । यसरी होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।
(नागरिक दैनिकमा चैत १० गते शनिबार प्रकाशित)

गुम्ला सुन्दरता !
होली भनेकै रङको पर्व । रङ या अबिर नखेली होली मनाउनुको के मज्जा ? होली मनाउने शैली बदलिएसँगै विभिन्न प्रकारका रङ प्रयोग गर्ने र फेसपेन्ट गर्नेहरूको संख्या वर्षेनि बढ्दो छ । तर, केमिकल मिसाइएका र विशेषगरी सिल्भर कलरका पेन्ट्सको प्रयोग गरेर आकर्षक देखिने हुँदा छालामा समस्या पनि आउन सक्छ । वीर अस्पतालकी छालारोग विशेषज्ञ डा. अनुपमा कार्की भन्छिन्, ‘अबिरले छालालाई सुख्खा बनाउने हुँदा होलीमा रङ प्रयोग गर्दा सावधानी अपनाउनैपर्छ ।’ कतिपयलाई नर्मल अबिरले पनि एलर्जी हुन्छ । होलीमा प्रयोग गरिने कडा खालका अबिरले खटिरासमेत निम्त्याउने उनी सुझाउँछिन् । ‘राम्रो खालको अबिर महँगो भएकाले कमैले मात्र प्रयोग गर्छन्’, कार्की भन्छिन्, ‘मर्करी लगायतका कडा केमिकल मिसाइएको हुँदा फेसपेन्ट गर्नु त झनै हानिकारक हो ।’होली सकिएपछि रङकै कारण छालाको एलर्जी र खटिराको समस्या लिएर आफूकहाँ आउने बिरामी धेरै भएको उनले बताइन् । उनको सुझाव छ, ‘अनुहारमा पहिले भेजिटेवल ओइल या मस्चराइजरजस्ता क्रिम प्रयोग गरेर होली खेल्दा राम्रो । तर, खेलिसकेर छिट्टै सफा गर्नुपर्छ ।’
होली परम्परा
होली हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । होली खेल्ने अघिल्लो रात होलिका दहन गर्ने चलन पनि छ । भोलिपल्ट बिहान पानीमा रङ हालेर एकापसमा छ्याप्दै होली खेल्न सुरु गरिन्छ । साना बच्चादेखि युवा र वृद्धावृद्धा सबैका लागि उल्लास बोकेर आउने होली आपसी कटुता बिर्सेर मित्रता र सद्भाव व्यक्त गर्ने रमाइलो पर्व हो । भनिन्छ, यस दिनले पुराना शत्रु पनि मित्र बन्छन् ।
पौराणिक तथ्यअनुसार प्राचीन समयका राक्षस हिरण्यकशिपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न अनेक षड्यन्त्र गरे पनि सफल नभएपछि अग्निले नडढ्ने वरदान पाएकी आफ्नी बहिनी होलिकाको काखमा प्रह्लाद राखिदिएर अग्निकुण्डमा होमिदिए । तर, प्रह्लाद नभई होलिका स्वयं नै जलेर भष्म भइन् । होलिका दहनकै खुसीयालीमा आपसमा रङ र अबिर दलेर होली पर्व मनाउन थालिएको प्रसंग प्रचलित छ ।
अर्को प्रसंगअनुसार द्वापर युगमा भगवान श्रीकृष्णलाई मार्ने उदेश्यले स्तनमा विष लगाएर स्तनपान गराउन गएकी राक्षसनी पुतनालाई कृष्णले नै मारिदिएको र ब्रजवासीले एकापसमा रङ छरेर खुसीयाली मनाएको सम्झनामा होली पर्व भित्रिएको हो । यसरी होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।
(नागरिक दैनिकमा चैत १० गते शनिबार प्रकाशित)

No comments:
Post a Comment