Saturday, June 13, 2020

नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित



काठमाडौं- नयाँ नक्सालाई संविधानमा रहेको निशान छापमा समेट्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ। शनिबार (जेठ ३१, २०७७) प्रतिनिधिसभामा उपस्थित २५८ जनामध्ये पक्षमा २५८ मत नै परेको छ। विपक्षमा शून्य मत रह्यो।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधन विधेयक ल्याइएको थियो।

प्रतिनिधिसभा सदस्यको कुल संख्या २ सय ७५ रहेको छ। हाल बहाल संख्या २ सय ७१ छ। ४ सांसद निलम्बनमा छन्। त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जना उपस्थित रहे। १२ सांसद अनुपस्थित रहेका थिए भने सभामुखलाई मतदान गर्ने अधिकार छैन।

अनुपस्थित सांसदहरुमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेका छन्। समाजवादी पार्टीकी सरिता गिरीले बैठक बहिष्कार गरेकी थिइन्।

विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी भने निलम्बनमा छन्।

भारतले अतिक्रमण गरी आफ्नो नक्सामा पारेको पश्चिमी सीमा दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नेपालले जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।

यस्तो हुनेछ नयाँ निशान छाप

No comments:

Post a Comment