Wednesday, February 24, 2016

विमान दुर्घटनामा सबैको निधन

फागुन १२, २०७२ को बिहान तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २३ जना सबैको निधन भयो । चालक दलका तीन सदस्यसहित सबैले ज्यान गुमाएका हुन् । त्यहाँ दुई जना बच्चा पनि थिए । बिहान ७ः५७ मा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ः१० मा सम्पर्कविहीन हुन पुग्यो । लगत्तै पोखराबाट निजी हेलिकोप्टर र काठमाडौंबाट सेनाको हेलिकोप्टर परिचालन गरिएपछि अपराह्न मात्र विमान दुर्घटनामा परी सबैको ज्यान गएको पुष्टि गरिएको थियो ।
तारा एयरको विमान


विमानका क्याप्टेन रोशन मानन्धर । फोटो : कुन्द दीक्षितको ट्वीटरबाट । 


दुर्घटनाग्रस्त विमान । फोटो : कान्तिपुर
नेपालमा भएका मुख्य दुर्घटनाहरू
१. २००३ वैशाख २५ : रोयल फोर्सको जहाज दुर्घटना भए पनि १६ जना सबै सकुशल ।
२. २०१३ जेठ २ : इन्डियन एयरलाइन्सको डग्लस सी–४७ विमान । सिम्लाबाट काठमाडौं उडेको विमानमा      रहेका ३३ यात्रुमध्ये १५ जनाको मृत्यु ।
३. २०१५ जेठ ५ : इन्डियन एयरलाइन्सको डग्लस सी–४७ विमान । सिम्लाबाट आउँदा काठमाडौंमा दुर्घटना । २० जनाको मृत्यु ।
४. २०२६ असार २८ : एकै दिन दुई दुर्घटनामा ३५ जनाको मृत्यु । हेटौंडामा डग्लस डिसी–३ दुर्घटना ३५ को मृत्यु । नेपालगन्जमा डग्लस सी–४७ दुर्घटनामा भने मानवीय क्षति नभएको । दुवै नेपाल वायुसेवा निगमको जहाज हुन् ।
५. २०२९ भदौ २९ : काभ्रेको पाँचखालमा आर्मीको डग्लस सी–४७ । ३१ जनाको मृत्यु ।
६. २०४२ पुस १५ : आर्मीको एससी–७ स्काई भ्यान । २५ जनाको मृत्यु ।
७. २०४९  साउन १६ : एयरबस ए–३१० । बैंककबाट काठमाडौं उडेको विमानका ११३ यात्रुको मृत्यु ।
८. २०४९ असोज १२ : पाकिस्तानको कराँचीबाट काठमाडौंका लागि उडेको एयरबस ए–३०० विमान । १६७ जनाको मृत्यु ।
९. २०५५ भदौ ५ : लुम्बिनी एयरको ट्वीनअटर विमान । जोमसोमबाट पोखरा आउँदा पोखरामा । १८ जनाको मृत्यु ।
१०. २०५६ भदौ २० : नेकोन एयरको एभ्रो–७४८ जहाज । पोखराबाट काठमाडौं आउँदा । १५ जनाको मृत्यु ।
११. २०५७ साउन १२ : नेपाल वायुसेवा निगमको ट्वीअटर विमान । बझाङबाट धनगढी जाने क्रममा धनगढीमा । २५ को मृत्यु ।
१२. २०५७ भदौ ६ : सांग्रिला एयरलाइन्सको ट्वीनअटर विमान । जोमसोमबाट पोखरा आउँदा पोखरामा । १८ को मृत्यु ।
१३. २०६३ असार ७ : यती एयरलाइन्सको ट्वीनअटर जुम्लामा । सुर्खेतबाट उडेको विमान दुर्घटनामा ९ जनाको मृत्यु ।
१४. २०६५ असोज २२ : यती एयरलाइन्सको ट्वीनअटर लुक्लामा । काठमाडौंबाट लुक्लाका लागि उडेको विमानका १८ यात्रुको मृत्यु ।  
१५. २०६८ भदौ ८ : बुद्ध एयरको बिचक्राफ्ट विशंखुनारायणमा । माउन्टेन फ्लाइटका लागि उडेका उक्त विमान दुर्घटनामा १९ जनाको मृत्यु ।
१६. २०६७ भदौ ८ : अग्नि एयरको डोर्नियर काठमाडौंमा । काठमाडौंबाट लुक्ला उडेको । १४ जनाको मृत्यु ।
१७. २०६७ मंसिर २९ : तारा एयरको ट्वीनअटर । लामीडाँडाबाट काठमाडौं आउने क्रममा । २२ को मृत्यु ।
१८. २०६७ मंसिर १२ : अग्नि एयरको डोर्नियर । पोखराबाट जोमसोम जाँदा । १५ जनाको मृत्यु । पाइलटसहित ३ जनाको ज्यान बचेको ।
१९. २०६९ असोज १२ : सीता एयरको डोर्नियर मनोहरा खोलामा । काठमाडौंबाट लुक्ला उडेको । १९ को मृत्यु ।
२०. २०७० फागुन ४ : नेपाल वायुसेवा निगमको ट्वीनअटर अर्घाखाँचीको मसिने लेकमा । पोखराबाट जुम्ला उडेको । १८ जनाको मृत्यु ।
२१. २०७२ फागुन १२ : पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर । म्याग्दीको दाना गाविस सोलुघोप्टेमा । २३ जना सबैको मृत्यु ।
(यहाँ सानातिना दुर्घटना र हेलिकोप्टर दुर्घटना संलग्न गरिएको छैन )

नागरिक दैनिकले दुर्घटनाको भोलिपल्टको अंकमा नेपालका प्रमुख दुर्घटनाको लिस्ट नै बनाएर छाप्यो । यो लिस्टमा माथि दिइएको घटनाभन्दा थप घटनालाई पनि उल्लेख गरिएकाले साभार गरिएको छ ।




No comments:

Post a Comment